३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

आईजिपीको सिफारिस भन्दा गृहमन्त्रीको लिष्ट धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई काम गर्न गार्‍हो

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका हुन् ।

दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई महानिरीक्षकको कार्यालय, २ नम्बरका टेक प्रसाद राईलाई बिशेष ब्यूरो तथा ३ नम्बरमा अशोक सिंहलाई कार्य विभागमा पदस्थापनको प्रस्ताव मन्त्रालय पठाएका थिए । उनीहरूको अनुभवका आधारमा यस्तो पोष्टिङको प्रस्ताव थियो । तर, पोष्टिङ उल्टिएर आयो ।

बिशेष ब्यूरोको अनुभव भएका टेकप्रसादलाई सचिवालयमा, सचिवालयको अनुभव भएका बसन्तबहादुर कुँवरलाई कार्यमा र कार्यमा अनुभव भएका सिंहलाई भने अनुभव नै नभएको बिशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । सिंहले बालुवाटारका बिचौलियामार्फत यसरी सरुवासूची पल्टाएका थिए । एसपी बढुवामा पनि जसले शक्तिकेन्द्रलाई प्रभावमा पारे, उनीहरू मात्र पर्न सफल भएका थिए ।

अहिले बिचौलियाकै चलखेलका कारण एसपीको सरुवा निस्कन सकेको छैन । सरुवामा समस्या भएपछि आइतबार रिक्त भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । त्यसमा पनि महानिरीक्षकको सिफारिस भन्दा बालुवाटारको सूची नै हाबी भएको छ ।

सशस्त्र प्रहरी बलमा पनि विद्रोहकै अवस्था छ । क्षमता नभएका दिपेन्द्र कुँवरलाई ब्याचबाट पहिलो नम्बरमा गरिएको बढुवाले संगठन नै तरंगित छ । डिएसपीमा ८२ नम्बरमा रहेका उनी एसपीमा ११ औं नम्बरमा परे । कामु बढुवामा उनी पछि पर्ने भएपछि करिब १० महिना एसएसपीका पद रिक्त राखियो । त्यस्तै बिशेष निर्णय गरेर सेनामा स्टाफ कलेज गराइयो ।

अहिले प्रहरी नियमावली नै संशोधन गरेर उनलाई बढुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई भएकै आधारमा उनलाई यसरी अघि बढाइएको छ । जसले सिंगो संगठनभित्रको सिष्टम ध्वस्त भएको छ । सशस्त्रमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । त्यसमा पनि बिचौलियाहरु नै हावी भएको स्रोत बताउँछ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!