०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

दाङमा भाईरल ज्वरोका विरामीहरु बढदै ज्वरोकै कारण विद्यालयहरु बन्द

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

(ABC-Sanchar)
दाङ । घोराही भित्रका निजि विद्यालयहरु चार दिनका लागि बन्द भएका हुन । मंगलबारदेखि शुक्रबारसम्म घोराहीका निजि विद्यालयहरु बन्द गर्ने निजि विद्यालय अन्तर्गतका संगठनहरुले संयुक्त निर्णय गरेर कार्यान्वयन गरेका छन् ।

जिल्लाको तुलसीपुरमा पनि भाइरल ज्वरोका विरामीहरु बढेका छन् । दाङको तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर माबिमा प्रत्येक दिन विद्यार्थीहरु विरामी हुने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक ५० जना रहेको एउटा कक्षामा मात्रै ७÷८ जनामा भाइरल ज्वरोको समस्या देखिने गरेको छ ।

उक्त विद्यालयको एउटा कक्षामा ५० जना जति विद्यार्थी रहेको र ति मध्ये दैनिक ७÷८ जना विद्यार्थीहरु भाइरलको संक्रमणले थला पर्ने गरेका छन । दिन प्रतिदिन विरामीमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेका छन् ।

त्यस्तै तुलसीपुर स्थित ग्रेट अरणीको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरुमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सीपल विष्णु कुमार देवकोटाका अनुसार विरामीकै कारण दैनिक ४÷५ जना विद्यार्थीहरु ज्वरो आएकै कारण विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

भाइरल विरामीले नै अहिले स्वास्थ्य संस्थामा विरामीको संख्या भरिभराउ हुन्छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका सिनियर अहेब विष्णु गिरीले स्वास्थ्य सस्थामा आउने ५० प्रतिशत विरामी भाइरलजन्य नै हुने गरेको बताए ।

उनका अनुसार अहिले उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा आउने विरामीमध्ये ५० प्रतिशत विरामीहरु भाइरल ज्वरोकै रहेका छन । मौसम परिबर्तन हुँदा भाइरल ज्वरोका विरामीहरु बढेका हुन ।

भाइरलका विरामी बढ्न थालेपछि अहिले अभिभावकहरुलाई पनि भाइरल भएका विद्यार्थीहरुलाई उपचार गराएर घरमै आराम गराउन आग्रह गरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!