०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सशस्त्र प्रहरीका १३ जना एसपीहरुलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिंदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले बढुवासँगै प्राप्त भएको जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिंदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको बताए ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानुन, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधि सशस्त्र प्रहरी नायब उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!