२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हिरासतमा रहेकी महिलालाई बलात्कार गर्न खोज्ने असइ बाँके प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

 

ABC (क्राईमबिट)

बाँके।ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलालाई प्रहरीलेनै बलात्कार गरेको आरोप लागेको छ ।

बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले गय राति करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको छ । कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँ लाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।

मदिरा खाएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै हिरासतका अन्य थुनुवाहरुले हो हल्ला खल्ला गरेका थिए ।

घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपाने आरोपित चौलागाईँलाई बाँके प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए ।

यता ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्ल अहिले बिदामा छ्न । यस विषयमा डिएसपी मल्ल भन्छन्

घटनाको सत्यतथ्य छानविन हुन्छ । पीडित भनिएकी महिलासँग समेत कुरा हुन्छ । दोषि पाइए जोसुकै भएपनि कारबाही कानुन अनुसार कार्वाही हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!