२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हिरासतमा रहेकी महिलालाई बलात्कार गर्न खोज्ने असइ बाँके प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

 

ABC (क्राईमबिट)

बाँके।ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलालाई प्रहरीलेनै बलात्कार गरेको आरोप लागेको छ ।

बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले गय राति करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको छ । कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँ लाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।

मदिरा खाएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै हिरासतका अन्य थुनुवाहरुले हो हल्ला खल्ला गरेका थिए ।

घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपाने आरोपित चौलागाईँलाई बाँके प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए ।

यता ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्ल अहिले बिदामा छ्न । यस विषयमा डिएसपी मल्ल भन्छन्

घटनाको सत्यतथ्य छानविन हुन्छ । पीडित भनिएकी महिलासँग समेत कुरा हुन्छ । दोषि पाइए जोसुकै भएपनि कारबाही कानुन अनुसार कार्वाही हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]