२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

वैदेशिक रोजगारीमा उजुरी बढे आफन्त र एजेन्टबाटै ठगी हुँदै

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९


(ABC-Sanchar)
काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् ।

अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो । आव २०७८/७९ मा उजुरी बापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७/७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा उजुरीको सङ्ख्या धेरै भए पनि दाबी रकम भने कम रहेको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी दिए ।गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!