२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

उपमेयर सहितको संयुक्त टोलीले टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९


(ABC-Sanchar)
दाङ । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ ।

दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले आज (आइतबार) संयुक्त रूपमा ताला लगाएका हुन् ।

जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन ।

लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थललाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उपप्रमुख चौधरीले बताइन् ।

नेपाल आयल निगम तुलसीपुरमा ध्यानाकर्षण पत्र बुझाई बाउजर नलैजान सचेत पनि गराइएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चालिसेले बताए ।

ध्यानाकर्षण पत्रमा बाउजरलाई यथावत राख्न अनुरोध गर्दै मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।

तुलसीपुर डिपोमार्फत नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौँ, क्षेत्रीय कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घलाई समेत पत्र पठाइएको चालिसेले बताए ।

टरिगाउँ विमानस्थलमा हालसम्म नेपाल वायु सेवा निगमको जहाज मात्रै चल्दै आएको छ । इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन सकिरहेका छैनन् ।

आयल निगमबाट बाउजर काठमाडौँ पठाएर अर्को ल्याउने आश्वासन पाएको आयल निगम तुलसीपुर डिपो प्रमुख विपिन श्रेष्ठले बताए । अहिले स्थानीयले बाउजर लैजान नपाइने माग गरेपछि उक्त जानकारी केन्द्रमा गराएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]