०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीमा राजीनामा दिनेहरुको संख्या घट्यो कारणहरु यस्तो ?

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा राजीनामा दिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८-७९ मा चार सय ९८ जनाले राजीनामा दिएका छन् । दुई–तीन वर्षअघि वार्षिक दुई हजारभन्दा धेरै प्रहरीले राजीनामा दिने गरेका थिए ।

आर्थिक वर्ष ०७७-७८ मा सात सय तीन तथा ०७६-७७ मा दुई हजार ७७ प्रहरीले राजीनामा दिएका थिए ।

तल्लो तहमा तीनवटा नयाँ दरबन्दी थपेर छिटो बढुवा गर्न थालिएको तथा नियमित बिदालगायत समस्या हल गरिएकाले पनि राजीनामा दिनेको संख्या घटेको प्रहरी अधिकारीले बताएका छन् । धेरैजसो प्रहरी राजीनामा दिएर विदेश जाने गरेका छन् ।

कोरोना महामारीको समयमा विदेश जाने अवसर कम भएकाले पनि कतिपयले राजीनामा नदिएको बताइएको छ ।

प्रहरीमा पेन्सन अवधि पुगे लगत्तै राजीनामा दिने प्रवृत्ति छ । हाल २० वर्षमा पेन्सन अवधि पुग्छ । त्यसलाई १६ वर्ष बनाउन तल्लो तहका प्रहरीले आग्रह गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव अघि बढाए पनि त्यो पारित हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!