२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौं उपत्यकाको फोहर बोक्ने गाडीमाथि तोडफोड फोहर व्यवस्थापनमा समस्या

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

(ABC-Sanchar)
काठमाडौं । गएराति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राइले जनाकारी दिइन् ।

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राइले जानकारी दिइन् । यस अघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो । सहमति अनुसार चरणवद्ध रुपमा कामपाले काम गरिरहेको पनि राइको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]