२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतीय जहाज अरब सागरमा पल्टिँदा पाकिस्तानी नौसेनाद्वारा जहाजको उद्धार

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९


(ABC-SANCHAR)
काठमाडौँ । भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ।

अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहाजबाट एक जनाको शव निकालिएको थियो।

पाकिस्तानी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार नौसेनाले जहाजको बारेमा जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज ‘एमटी क्रुइबेके’ लाई भारतीय जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग गर्न भनेपछि उद्धार गरिएको थियो।

व्यापारिक जहाजले चालक दलका नौ सदस्यलाई उद्धार गरेको विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी नौसेना जहाजसँगै दुई वटा हेलिकप्टर सहितको उद्धार टोलीले बेपत्ता भएका चालक दलका अर्का एक सदस्यको शव फेला पारेको जियो न्युजले जनाएको छ।

पाकिस्तानको क्षेत्रीय जलक्षेत्र १२ समुद्री माइल छ भने सन् २०१५ मा यसको समुद्री क्षेत्र बढेर २९०,००० वर्ग किलोमिटर पुगेको छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]