०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

घाइते सुरक्षाकर्मीको सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देश

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

ABC (क्राईमबिट)
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएका मध्य तीन जनालाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर मार्फत सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी र प्रहरी जवान सन्तोष बुढामगरलाई थप उपचारका लागि नेपालञ्ज शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाईते मध्य नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र प्रहरी जवान इन्द्र घर्तीलाई लिन हेलिकोप्टर पुनः आउने बताईएको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना हुँदा प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ । गाडीमा सवार नेपाल प्रहरीका डिएसपी डाँगी र सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठ सहित ५ जना घाईते भएका छन् ।

गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाको कारण खुल्न कसेको छैन् । मृतक प्रहरी जवान पुनको शव जिल्ला सदरमुकाम रुकुमकोट ल्याउने तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!