२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुबई पठाईदिन्छु भन्दै ८ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की रहेज्का छन् ।

दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिई ठगी गरी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!