३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

काठमाडौँ विष्णुमती खोलामा हाम फालेका एक पुरुषको उद्धार

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

(ABC-Sanchar)
काठमाडौं । आइतबार राति साढे सात बजे एक पुरुषले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक पुलबाट विष्णुमती खोलामा हाम फालेका थिए।

ती पुरुषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती पुरुषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

अन्दाजी ४०-४५ वर्षीय ती पुरुषको पहिचान पनि खुलेको छैन।

उनले खोलामा किन हाम फालेका थिए भन्न पनि नखुलेको मैनालीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!