२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली जनावरको शिकार गर्ने १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

ABC (क्राईमबिट)
बर्दिया । निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अनुगमनको लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैरकानुनी रूपमा हतियारसहित केही व्यक्तिहरू प्रवेश गरेको तस्वीरहरू फेला परेपछि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्ज आसपासका इलाकाहरूमा निगरानी बढाएको थियो । त्यस क्रममा तस्वीरमा कैद भएका व्यक्तिका बारेमा प्राप्त जानकारीका आधारमा आइतबार उक्त टोलीले शिकार गर्ने ती व्यक्तिलाई उनको घरबाटै पक्राउ गरेको हो ।

उनको घरबाट शिकार गरेको जनावरको मासु, मासु सुकाउने जाली, शिकारमा प्रयोग भएको बन्दुक, गोली, माेटरसाइकल, मोबाइलसहितका सामग्री बरामद भएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!