०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

सचिवालयको खर्च काटेर प्रहरी जवानको ब्यारेक बनाउँदै महानिरीक्षक : धिरज प्रताप सिंह

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।

सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो । तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले बताए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा बिशेष जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगती भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । जसबाट सुदुरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निशुल्क उपचार पाउनेछन् । चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ ।

त्यस्तै वर्षाैदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुननिर्माणपछि सुचारु भएको छ । त्रिपरेश्वरमा काठमाडौं उपत्यका बिशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ भने साँगास्थित प्रहरी स्कुलमा पनि नयाँ–नयाँ भवनहरु निर्माण भएका छन् । जसको गत साता मात्र उद्घाटन भएको थियो ।

काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । तर, साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ । सुस्त गतिमा भएपनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगती गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको […]

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको […]

error: Content is protected !!