२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पावर लगाएर जागिर खाने प्रहरी कर्मचारी लाई आईजिपी धिरजप्रताप सिंहले लखेट्न सुरु

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आरामको जागिर खाने कर्मचारीको रुवावासी सुरु भएको छ ।

यस्ता कर्मचारीलाई फिल्डमा खटाउन थालिएको छ ।

प्रधान कार्यालयमा पाँच सय भन्दा धेरै कर्मचारी अनावश्यक छन् । १०–५ को जागिरकै लागि उनीहरु पावर लगाएर त्यहाँ बस्दै आएका छन् । त्यस्ता कर्मचारीलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले लखेट्न थालेका छन् । हालै डेढ सय भन्दा धेरै त्यस्ता कर्मचारीलाई फिल्डमा पठाइएको महानिरीक्षकको सचिवालय स्रोत बताउँछ ।

त्यसमध्ये कतिपय काज मिलाएर हेडक्वार्टर बसेका थिए । प्रहरीमा जागिर खाएर फिल्डमा काम नै गर्न नचाहने प्रवृत्तिका कर्मचारीले मुख्यालय रोज्ने गरेका छन् । जहाँ उनीहरुको काम नै हुँदैन । १० बजे आउने चिया खाने र ५ नबज्दै घर दौडने कर्मचारीहरुको अब रुवाबासी सुरु भएको छ ।

फिल्डमा खटिनेहरु दिनमा १५ घन्टासम्म खटिनुपर्ने अवस्था छ । तर, केही कर्मचारीहरु भने फौजमा भर्ना हुने, रासनभत्ता समेत बुझ्ने अनि निजामतीको भन्दा आरामको जागिर छान्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा तल्लो तह मात्र होइन उच्च तहका केही दरबन्दी पनि अनावश्यक छन् । डिएसपीले गर्ने काममा केही डिआइजी कार्यरत छन् । तर, उच्च तहका पद भने कटौती हुन सकेको छैन ।

प्रहरी महानिरीक्षककै सचिवालयमा समेत एसएसपी लगायतका कर्मचारी काजमा छन् । त्यसकारण यस्तो नियम तलदेखि माथिसम्म लागु हुनुपर्ने माग पनि हेडक्वार्टरमा उठेको छ । ‘केही वर्षाेदेखि कप्र र आर्थिक प्रशासनमा राज गर्दै आएका छन्,’ एक प्रहरी भन्छन्,‘उनीहरुलाई सुरुमा हटाउनु जरुरी छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]