२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

२ नम्बर प्रदेशमा अपराध अनुसन्धान समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


ABC (क्राईमबिट)
धनुषा । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ धनुषाको जनकपुरधाममा मंगलबार सम्पन्न भएको छ ।

गोष्ठीमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले अपराधको नयाँ शैली आएको अवस्थामा सुरक्षा निकायले पनि नयाँ प्रविधियुक्त अनुसन्धान पद्धतिलाई अबलम्बन गरी अगाडि बढ्नुपर्ने बताए । बढ्दो साइबर क्राइम तथा सिमा क्षेत्रमा हुने लागूऔषधको कारोबारलाई पूर्णरूपमा निरुत्साहित पार्न अझै सक्रिय हुनुपर्ने उनले उल्लेख गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष भयरहित तवरमा नागरिकको मतअधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरी कर्मचारीहरूको एकमात्र उद्देश्य रहेको बताए । अपराधीलाई कानून बमोजिम सजाय दिलाउन र पीडितलाई न्याय दिलाउनको लागि फौजदारी न्याय प्रणालीका तीन वटा पिलर अनुसन्धान, अभियोजन र न्याय निरूपण बिच अत्यन्तै राम्रो समन्वय र समझदारी हुन आवश्यक रहेको उनले उल्लेख गरे । साथै उनले प्रविधिको विकाससँगै बढदै गएका आर्थिक अपराध, साइबर अपराध, बैंकिङ कसूर लगायतका अपराधहरूको न्यूनीकरणका लागि केन्द्रमा मात्र नभई यस्ता मुद्दाको निरूपणका लागि प्रदेशस्तरमा समेत अदालत तोकिनु पर्नेमा जोड दिए ।

गोष्ठीमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले प्रमाणमुखी अनुसन्धानको पद्धतिलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोगलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, प्रविधिको विकाससँगै यसको दुरुपयोग बढ्दै गएकोले यसको नियन्त्रणको लागि अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने चर्चा गरे ।

गोष्ठीमा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पारेका थिए भने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ ले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतो र उच्च सरकारी वकिल कार्यालयका उप-न्यायाधिवक्ता विवेक कुमार बरालले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नागरिक समाज र स्थानीय संचारकर्मी लगायत जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त समीक्षा गोष्ठी पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत आजै सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]