२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुट प्रमिट र सवारी जाँच पासमा चर्को शुल्क घटाउन प्रशासनमा ज्ञापनपत्र पेश

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

(ABC-Sanchar)
दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले कर वृद्धिको बिरोधमा तुलसीपुर घोराही सडकमा आज एक घन्टा चक्का जाम गर्ने भएको छ । बन्द बिहान ९ बजेदेखि १० बजेसम्म तुलसीपुर घोराही सडकमा चक्का जाम गर्ने भएको छ ।
त्यसैगरी १० देखि साढे ११ बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरमा घेराउ गर्ने कार्यक्रम रहेको राष्ट्रिय महासंघ दाङका सचिव घनश्याम बस्नेतले जानकारी दिनुभयो । ४२ दिनलाई ६ महिना मानेर यातायात व्यवस्था कार्यालयले रुढ प्रमिट र सवारी जाँचपासमा चर्को शुल्क लिएको भन्दै चक्का जाम गरिएको महासंघले बताएको छ । त्यस्तै संयोजक भरतनाथ योगिले कर घटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउनु भएको छ । उहाले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । प्रजिअ रेग्मीले यस बारे पहल गर्ने आस्वासन दिनु भयो । योगिले प्रजिअ रेग्मीलाई फोरलेन बिस्तारलाई तिब्र गतिमा लैजान ज्ञापन पत्र मार्फत आग्रह गर्नु भयो ।
यस अघि एक बर्षमा रुट प्रमिट र सवारी जाँचपासका लागि एक हजार रुपैयाँ कर लाग्ने गरेको थियो । तर अहिले घटाएर ४२ दिन र त्यो पनि समयमा नबुझाएमा ३ देखि ५ हजार सम्म जीबाना गर्ने निर्णय गरे पछि व्यवसायी आन्दोलित भएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]