२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ ट्राफिकले ठूलो आवाज निकाल्ने ६ वटा बुलेट मोटरसाइकल कारवाही

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो ।

ठूलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदुषणसमेत गर्ने गरेको उहाँको भनाइ छ ।

दाङ ट्राफिकले जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई सञ्चालनमा कडाइ गरेको छ ।

ट्राफिक प्रमुख परियारले मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको र मोटरसाइकल मिस्त्रीलाई बोलाएर मोडिफाई साइलेन्जरलाई चेन्ज गरेर नयाँ फेरेर अबदेखि मोडिफाई नगर्न सम्झाएर पठाएको ट्राफिक प्रमुख परियारले बताए।

ठूलो आवाज निकाल्ने मोटरसाइकल जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीलाई खबर गर्न सबैलाई आग्रह समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]