२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

कम्युनिस्टले गर्नुपर्ने काम मेयर हर्कले गरे उहाँबाट सबैले प्रेरणा लिनुपर्छ’ प्रचण्ड

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९

(ABC-Sanchar)
काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्।

यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्।

प्रचण्डले आफूले श्रमदान गरेको र वृद्धरोपन कार्यक्रममा सरिक भएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्। धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।

यसबीचमा प्रचण्डले सिंगै देशले मेयर हर्कबाट प्रेरणा लिनुपर्ने बताएका छन्। उनले माओवादी र कम्युनिस्टले गर्नुपर्ने काम हर्कले गरिरहेको पनि उल्लेख गरे।

‘सिंगो नेपालले उहाँको कामलाई बडो गम्भीरतापूर्ण तरिकाले हेरेको छ। हामी कम्युनिस्टहरुले र खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनु भएको छ। म पार्टीका साथीहरु र देशका श्रमजीवि जनतालाई पनि हर्कको व्यवहारबाट उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’ प्रचण्डले भनेका छन्।

निरन्तर जनताको सेवामा लागिरहन र डटिरहन प्रचण्डले हर्कलाई सुझाव पनि दिएका छन्। उनी भन्छन्,‘जनतासँग जोडिरहनुस् र जनताको साथ पाइनराख्नुहोस् भन्ने शुभकामना छ। हाम्रो साथीहरुको पनि साथ तपाइँलाई छ। उपमेयर हाम्रै पार्टीबाट नै हुनुहुन्छ। उहाँहरुको जोडी असाध्यै मिलेको देखिएको छ। अनुहार पनि मिलेको छ। काम पनि मिलेको छ। यो धरानको लागि बडो ठूलो अवसर हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!