ABC (क्राईमबिट)
काठमाडौं । प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग समाचारको गोप्य स्रोत ‘लिक’ गरेको सम्बन्धमा जवाफ पेश गर्न आज २४ घण्टे पुर्जी काटेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन गर्नुका साथै स्रोतलाई गम्भीर क्षति पुग्ने गरी नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको हो ।
सशस्त्र प्रहरीमा राशनको नाममा हुने बेथितीका विषयमा सम्प्रेषित समाचारको गोप्य स्रोत ‘लिक’ गरी ठगुन्नाले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको सम्बन्धमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा काउन्सिलले अनुसन्धान थालेको हो । उनले सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका प्रहरीमार्फत सूचना पाएको भनी प्रहरीमा लिखित बयान दिएको जिकिरसहितको उजुरी काउन्सिलमा परेको थियो ।
समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता गणका प्रमुख एसपी त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने गरेको आरोप लगाइएको थियो । यद्यपि समाचारमा स्रोत भने खुलेको थिएन । समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित,निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’
खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए । उनैले बयानका कागज सार्वजनिक गरेको भन्दै छानवीनका लागि यो विषय काउन्सिलमा पुगेको थियो ।
समाचारका स्रोत भनिएका सशस्त्र प्रहरीका वरिष्ठ सहायक हवल्दार नरेश सिंह साहुलाई भने हातहतियारसम्बन्धी अर्कै मुद्दा लगाई कारवाही प्रक्रिया थालिएको छ । बेथिति र भ्रष्टाचार गरेको आशंकामा गण प्रमुख बिष्टलाई सशस्त्र प्रहरीले मुख्यालय तानेको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित गणमा कार्यरत हवल्दार साहुलाई आन्तरिक सूचना पत्रकारलाई दिएको आरोपमा जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ । ऊनी अहिले डिल्लीबजार कारागारमा छन् । उनीविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायसशस्त्रका हवल्दारलाई जेल पुर्याउने पत्रकारसङ्ग २४ घण्टे स्पस्टिकरण
प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग समाचारको गोप्य स्रोत ‘लिक’ गरेको सम्बन्धमा जवाफ पेश गर्न आज २४ घण्टे पुर्जी काटेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन गर्नुका साथै स्रोतलाई गम्भीर क्षति पुग्ने गरी नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको हो ।
सशस्त्र प्रहरीमा राशनको नाममा हुने बेथितीका विषयमा सम्प्रेषित समाचारको गोप्य स्रोत ‘लिक’ गरी ठगुन्नाले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको सम्बन्धमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा काउन्सिलले अनुसन्धान थालेको हो । उनले सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका प्रहरीमार्फत सूचना पाएको भनी प्रहरीमा लिखित बयान दिएको जिकिरसहितको उजुरी काउन्सिलमा परेको थियो ।
समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता गणका प्रमुख एसपी त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने गरेको आरोप लगाइएको थियो । यद्यपि समाचारमा स्रोत भने खुलेको थिएन । समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित,निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’
खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए । उनैले बयानका कागज सार्वजनिक गरेको भन्दै छानवीनका लागि यो विषय काउन्सिलमा पुगेको थियो ।
समाचारका स्रोत भनिएका सशस्त्र प्रहरीका वरिष्ठ सहायक हवल्दार नरेश सिंह साहुलाई भने हातहतियारसम्बन्धी अर्कै मुद्दा लगाई कारवाही प्रक्रिया थालिएको छ । बेथिति र भ्रष्टाचार गरेको आशंकामा गण प्रमुख बिष्टलाई सशस्त्र प्रहरीले मुख्यालय तानेको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित गणमा कार्यरत हवल्दार साहुलाई आन्तरिक सूचना पत्रकारलाई दिएको आरोपमा जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ । ऊनी अहिले डिल्लीबजार कारागारमा छन् । उनीविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो ।
उक्त गणमा कार्यरत २ सय ५८ मध्ये १ सय २२ जना सुरक्षाकर्मी एकैदिन अनुपस्थित भएको विवरणसहित जेठ २८ गते धनगढीबाट सञ्चालित दिनेशखबर डटकम अनलाइनमा समाचार सार्वजनिक भएको थियो । केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको हो । साहुले त्यहाँ कार्यरत जनशक्तिमध्ये आधाजसो विदा बस्ने गरेको विवरण आफ्नो मोबाइलबाट ठगुन्नालाई पठाएका थिए । जन-आस्थाबाट