२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

किन ढालिँदै छ भारतको ट्वीन टावर ?

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९


(ABC-Sanchar)
काठमाडौं । भारतको नयाँ दिल्ली निकट रहेको नोयडाको सेक्टर ‘९३ए’मा रहेको बहुचर्चित ट्वीन टावरलाई भत्काउने सबै तयारी पुरा गरिएको छ । आइतबार दिउँसो यी विवादास्पद टावरहरू मात्र १२ सेकेन्डमा ध्वस्त हुनेछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार रियल इस्टेट कम्पनी सुपुरटेकको दुई टावरलाई भत्काउन अघि कयौँ क्रेनहरू पुगेका छन् । प्रहरीले सो क्षेत्रलाई खाली गराइरहेको छ । त्यस्तै कयौँ एनजीओहरु सो क्षेत्रको कुकुरहरूलाई त्यहाँबाट निकाल्न जुटेको छ ।

एपेक्स र केएन नामक यी टावरहरूलाई सुपरटेक बिल्डरले निर्माण गरेको थियो । ३० तल्लाहरू रहेका यी टावरहरूलाई ट्वीन टावर भनिन्थ्यो । यसको उचाइ ३२० फिटभन्दा बढी रहेको छ । यो भारतमा भत्काउन लागिएको सबैभन्दा ठुलो भवन हो । यसलाई भत्काउन ३ हजार ७ सय किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिने बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!