२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपाली रक्सीलाई बिदेशी ब्राण्ड भनेर बिक्री गर्ने ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ ५ गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएको आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको बताउनु भयो ।

उहाँले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यक्रमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको बताउनु भयो । प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेको बताउनु भयो । उहाँले उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव, लञ्च,डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारहरुमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताउनु भयो । उहाँले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताउनु भयो ।

प्रमुख बोहोराले उनीहले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको बताउनु भयो । उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताउनु भयो । प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताउनु भयो ।

त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल, ज्याक डेनियल्स ११ बोतल, बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामत भएको बताउनु भयो । उहाँले बरामत गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताउनु भयो । यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खालि बोतल ८ वटा, ब्ल्याक लेभलका खालि बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खालि बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खालि बोतल हरु ठूलो परिमाणमा बरामद भएको प्रमुखले बताउनु भयो ।

उहाँले भन्नुभयो, मिति २०७९ भदौ महिनाको ७ गते ४ बजेको समयमा काठमाडौं जिल्ला काठामाडौं महानगरपालिका कोटेश्वर क्षेत्रमा विभिन्न ब्राण्डका नक्कली रक्सी बिक्री वितरण भएको सूचना भएको थियो । त्यो सूचनाको आधारमा तत्कालै प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी सूचना अनुसार निगरानी गर्दा हरि वली भन्ने व्यक्तिको संलगनता पाइएकाले निजको कोठाबाट विभिन्न ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतका चार काटुन सिल प्याक गरेको अवस्थामा भेटियो।

हरि वलीसँग सोधपुछ गर्दा मदिरा उत्पादन, भण्डार र बिक्री वितरण कार्यमा संलग्न अन्य तीन जना पनि छन् भन्ने कुरा खुल्न आयो । त्यसपछि नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्री भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नः२ दुवाकोटबाट भगवान बस्नेतलाई नियन्त्रणमा लिई नक्कली मदिरा उत्पादन गर्ने उद्योगमा छापा नक्कली मदिराहरु बरामत गरिएको र उक्त कार्यमा संग्लन भएका मध्ये पक्राउ पर्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ गरी पाँच जना पक्राउ गरिएको छ । हरि वलीको कोठाबाट डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा नियन्त्रणमा लिएका छौं ।
नक्कली मदिरा उत्पादन गरेर नाइट क्लव, लञ्च, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्सबारमा बिक्री वितरण गर्ने गरेका रहेछन् । पक्राउ पर्नेहरु माथि कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलयबाट ७ दिनको म्याद थप भइ हाल प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!