०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजाल अबैध गाजाको बोट फडानी अभियानमा

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

ABC (क्राईमबिट)

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न ।

पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि ट्याक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जनप्रतिनिधि ,पत्रकारको उपस्थिमा नष्ट गरिएको छ ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने डिएसपी रिजालाले बताए ।

विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने छ ।

डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना , अर्घाबिहार , खिदिम , धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो ।

पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय , प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!