२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौं मेयर बालेन शाह विरूद्ध अदालतको अपहेलना मुद्दा

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]