२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपाल समाजवादी पार्टी कपिलवस्तुको जिल्ला अध्यक्षमा राम निवास पुरी चयन

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

 

(धर्मेन्द्र कुमार चौधरी)

नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीका जिल्ला कार्यसमिति गठन गरिएको नेसपाको केन्द्रिय रहिस शाहले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्ष पदमा बदरे आलम शाह, सहसचिव पदमा दुर्गा रिजाल, सदस्य पदमा प्रमिला चौधरी रहनु भएको छ । अन्य पदाधिकारी केहि दिनमा बस्ने बैठकले चयन गर्ने केन्द्रिय सदस्य रहिस शाहले बताउनु भयो
उक्त भेलामा नेपाल समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष विष्णु हरी शर्मा, नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कलम प्रसाद खनाल, नेसपाको राजनीतिक समिति सदस्य यज्ञ पोख्रेल, छन्द पन्थि, केन्द्रिय सदस्य रामदेव भुसालको रोहबरमा भेला सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!