२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

लगातारको बर्षाले पहिरो आउँदा नारायणगढ मुग्लिन सडक अवरूद्ध

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्व भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बिहीबार बिहान माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।

बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ। यसअघि पनि पानी पर्नासाथ चितवन-मुग्लिन सडक खण्ड अवरूद्ध हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!