०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

टिकटक बन्द गर्न माग गर्दै चर्को बिरोध प्रदर्शन के टिकटक बन्द होला त ??

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९


(ABC-Sanchar)
काठमाडौं । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे ।

विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए ।

प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।

समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ ।

छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!