०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

धनगढी विमानस्थलमा प्रहरीद्वारा गुन्डागर्दी सैलिमा यात्रुमाथि कुटपिट घाइते जेल हाल्ने धम्की

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

ABC (क्राईमबिट)

धनगढी । सुरक्षाका लागि खटिएका प्रहरीबाटै धनगढी विमानस्थलमा एक यात्रु कुटिएका छन् ।

कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ ।

उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । उनले पाँच लाख रुपैयाँ बोकेका थिए । सो पैसा लैजान नदिदा उनको जहाज नै छुट्यो ।

पीडित गिरीका अनुसार पछि साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको हो ।
सुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले पछि अरु प्रहरीले पनि कुटपीठ गरे । श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको लगेर पनि कुटिएको थियो । कुटेको कुरा बाहिर भने जेल हाल्ने धम्की समेत प्रहरीले दिएको छ । कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले घटनाको विषयमा छानबिन गरिने बताएका छन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!