२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

धनगढी विमानस्थलमा प्रहरीद्वारा गुन्डागर्दी सैलिमा यात्रुमाथि कुटपिट घाइते जेल हाल्ने धम्की

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

ABC (क्राईमबिट)

धनगढी । सुरक्षाका लागि खटिएका प्रहरीबाटै धनगढी विमानस्थलमा एक यात्रु कुटिएका छन् ।

कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ ।

उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । उनले पाँच लाख रुपैयाँ बोकेका थिए । सो पैसा लैजान नदिदा उनको जहाज नै छुट्यो ।

पीडित गिरीका अनुसार पछि साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको हो ।
सुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले पछि अरु प्रहरीले पनि कुटपीठ गरे । श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको लगेर पनि कुटिएको थियो । कुटेको कुरा बाहिर भने जेल हाल्ने धम्की समेत प्रहरीले दिएको छ । कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले घटनाको विषयमा छानबिन गरिने बताएका छन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]