२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बारामा गोली चल्यो प्रहरी र डाँका बीच मध्यरातमा भीडन्त २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

ABC (क्राईमबिट)

पर्सा । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

डाँका समूहले फायर खोलेपछि प्रतिकारमा प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लुटपाट गर्न आएका डाँका समूहका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘मध्यरातमा उद्योगमा लुटपाट गर्न आएका डाका समूहका दुर्ई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

 

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक÷एक थान र तीन राउण्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियारसहित उनीहरू उद्योग छिरेका थिए ।

प्रहरी टोली उद्योग पुगेपछि डाँकाबीच दोहोरो भिडन्त भएको थियो । सोक्रममा वरिष्ठ सई शाही घाइते भएको प्रहरीले जनाएको छ । डाँका समूहका एक जनाले फलामको सईमाथि रड प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]