२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

(ABC Sanchar)                                             नवलपरासी । गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् । पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ ।

नारायणघाट–बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ ।

कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् ।सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ’, स्थानीय रमेश थापाले भने । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उनले बताए ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!