२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी आचार्य सेवा हदका कारण ३० बर्ष कार्यकाल पुरा गरेर बिदा भए

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा करिब ३०
बर्ष अविछिन्‍न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुन लाग्नु भएका यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान मुकुन्द राज आचार्यज्यू तथा प्रतिष्‍ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष सुधा आचार्यज्यूलाई आज यस प्रतिष्‍ठानमा एक समारोह बीच फौजी परम्परा अनुसार स-सम्मान बिदाई गरियो ।

कार्यक्रमको सुरुवातमा कार्यकारी निर्देशकज्यूको संक्षिप्त जिवनी सँगै प्रतिष्ठानमा कार्यरत रहदाँ वहाँको नेतृत्व, अवधारणा र पहलमा सम्पादन भएका महत्वपूर्ण गतिविधिहरुको संक्षिप्त विवरण वाचन गरिएको थियो ।

उक्त कार्यक्रमा कार्यकारी निर्देशकज्यूले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा कार्यकारी निर्देशकज्यूले प्रहरी सेवाको क ख रा सिकाउदै ताते ताते गराउनु भएका गुरुबा एवं प्रशिक्षकज्यूहरु, विभिन्न कार्यालयहरुमा कार्यरत रहँदाका कार्यालय प्रमुख सहकर्मी एवं मातहतका कर्मचारीहरु, सेवा प्रवाहका क्रममा विभिन्न समयमा सहकार्य गर्नुहुने अन्य निकाय, अदालत, निजामति सेवा, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका सकल दर्जाका कर्मचारी एबं पदाधिकारीज्यूलाई सहयोग र सहकार्यको लागि विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।साथै, उहाँले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, तालुक गृह मन्त्रालय, तत्कालिन एवं वर्तमान गृहमन्त्रीज्यू, पवित्र संगठन नेपाल प्रहरीको तत्कालिन देखि हाल सम्मका संगठन प्रमुखज्यूहरुप्रति हार्दिक कृतज्ञता जाहेर गर्नुभएको थियो।

नेपाल प्रहरी शिक्षालय भरतपुरको तर्फबाट निर्देशक प्रहरी प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीज्यूले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको तर्फबाट निर्देशक प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङज्यूले, अपराध अनुसन्धान विद्यालयको तर्फबाट प्रधानाचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक विष्णु कुमार के.सि.ज्यूले, नेपाल प्रहरी युक्ति महाविद्यालय जर्गाहाको तर्फबाट प्राचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक मधुसुदन लुईटेलज्यूले बिदाई भई जानु हुने कार्यकारी निर्देशकज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्‍ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष सुधा आचार्यज्यू, नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशकज्यू, नेपाल प्रहरी युक्ति महाविद्यालयका प्राचार्यज्यू, विदाई भई जानु हुने कार्यकारी निर्देशकज्यूको पारिवारिक सदस्यहरु तथा आफन्तजनहरु र रा.प्र.प्र.प्र. प्रतिष्‍ठान, अपराध अनुसन्धान विद्यालय र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]