२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लागूऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

(ABC Sanchar)लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो छन् । विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट(१० लेखिएको २३ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।

आरोपित तुलबहादुर र दीपक महतोलाई प्रहरीले फरकफरक ठाउँबाट पक्राउ गरेको थियो । तुलबहादुर हरियो रङको पल्सर ३९ प ५२६५ नम्बरको बाइकमा जाँदै गर्दा बीपी राजमार्गको सडकखण्ड अन्तर्गत स्मृति पार्कबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै दीपक महतो बीपी राजमार्गकै सिन्धुली बस काउण्टरबाट रङ्गेहात पक्राउ परेका थिए । आरोपितद्वयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!