२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

UNCOPS कार्यक्रममा सहभागी भई आईजिपी धिरज प्रताप सिंह स्वदेश फिर्ता

Logo
प्रकाशित आइतबार, भाद्र २६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश फर्कनुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र A4P (Action for Peacekeeping)/ A4P+ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताउनुभयो । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उहाँले चर्चा गर्नुभयो । साथै उहाँले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गर्नुभयो । साथै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो ।

समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्र संघ अन्तर्गत Department of Peace Operations का पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको थियो । साथै Department of Operational Support का Under Secretary General Atul Khare, Office of Rule of Law and Security Institution का Assistant Secretary General Alexandre Zouev, Police Adviser Luis Carrilho, Integrated Training Section का Mark Padersen, Selection and Recruitment Section का Ata Yenigun लगायतका व्यक्तित्वहरुसँग द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

समिटमा छलफलको क्रममा महिला सहभागिता बृद्धि गर्ने, Nepal FPU को Pre-deployment Visit (PDV) र Assessment and Advisory Visit (AAV) को लागि UN को टोली October 2022 मा नेपाल आउने, नेतृत्व तहको लागि प्रोत्साहन गर्ने तथा प्राथमिकता दिने, नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा UN Peacekeeping सम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरु संचालन गर्ने लगायतका उपलब्धीहरू हासिल भएको छ । Pre-deployment Visit (PDV) पश्चात नेपालकोतर्फबाट एक एफपियू टोली आगामी जनवरीमा मालीको किडालमा परिचालन हुनेछ ।

भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो ।

उक्त समिटमा नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय स्थाई नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्का समेत ५ सदस्यीय टोली सहभागी भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!