२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी र नेपाल प्रहरीका २ जना एआईजी पौडेल र सिंह अमेरिका जाँदै

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक एआईजी पूजा सिंह र सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल अमेरिका जाने भएका छन्।

असोज २७ देखि कात्तिक २ गतेसम्म अमेरिकामा आयोजना हुने ‘प्रहरी प्रमुखहरूको अन्तर्राष्ट्रिय संघ (आईएसीपी)को वार्षिक सम्मेलन र प्रदर्शनी’मा सहभागी हुन उनीहरू अमेरिका जान लागेका हुन्। उनीहरूलाई अमेरिका भ्रमणमा जान मन्त्रिपरिषद्को २१ भदौको बैठकले स्वीकृति दिइसकेको छ।

प्रहरी प्रमुखहरूको अन्तर्राष्ट्रिय संघ (आईएसीपी)को वार्षिक सम्मेलन र प्रदर्शनी यस वर्षको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावकारी कानून प्रवर्तन कार्यक्रम हो। यसमा सोह्र हजारभन्दा बढी सार्वजनिक सुरक्षा पेशेवरहरू नयाँ प्रविधिहरू सिक्न, आफ्नो ज्ञान र क्यारियरलाई अगाडि बढाउन र आफ्नो विभागलाई सुसज्जित गर्न सहभागी हुनेछन्।

सन् १८९३ देखि आईएसीपीले कानून प्रवर्तन पेशालाई आकार दिइरहेको छ। सम्मेलनको तीन सिद्धान्तहरू प्रशिक्षण, नेटवर्किङ र प्रदर्शनी हल शिक्षा हुन्। यस वर्षको कार्यक्रम डलास, टेक्सासको के बेली हचिन्सन कन्भेन्सन सेन्टरमा हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]