३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एकजना नेपाली पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

  1. ABC (क्राईमबिट)
    भैरहवा । नेपाल भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।

सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेकाे सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!