२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङ ट्राफिकले कालो स्टिकर गाडीमा लगाएर दुरुपयोग गर्ने २१ वटा गाडीलाई कार्वाही

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा दाङको घोराही लमही सडकखण्ड कोइरैपानीमा हुइँकिँदै गरेको स्कर्पियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले रोक्यो ।

सवारी चालक अनुमति पत्रलगायत कागजपत्र देखाए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारको नजर भने गाडीमा प्रयोग गरिएको कालो सिसामा पुग्यो ।

कालो स्टिकर टाँसेर गाडीको सिसा कालो बनाइएको पाइएपछि ट्राफिक प्रमुख परियारले झिकेर फाल्न निर्देशन दिए ।
उनले अबदेखि कालो सिसा प्रयोग नगर्न चालकलाई सम्झाए बुझाई एक पटकलाई छाडियो अर्को पटकबाट गाडीमा कालो स्टिकर टाँसेको पाएकामा जरिवाना गर्ने सर्तमा छोडिएको थियो ।

निजी सवारी साधनमा कालो सिसा प्रयोगको यो एउटा उदाहरण मात्र हो । अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको छ । साना चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेको निष्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । नियमविपरीत कालो सिसा लगाउने सवारी साधनमाथि कडाइ गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख परियारले बताए ।

सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन निर्देशन दिएका छन् । ‘कतिपयले सिसामा कालो स्टिकर लगाउने गरेका छन्’ ट्राफिक प्रमुख परियारले भने,‘कतिपय उत्पादक कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेको पनि पाइयो ।’ उनका अनुसार सेतो सिसा भएकामा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ ।

उनका अनुसार कालो सिसा लगाउने सवारी साधनलाई दाङ प्रहरीको सहयोगमा ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पारिएको छ ।

ट्राफिकले दाङ जिल्लामा स्टिकर निकाल्ने र कालो सिसा हटाउने अभियानलाई तीव्र पारेको छ । धेरैजसोले नियम थाहा नभएको र घाम छल्नका लागि कालो सिसा लगाएको बताउने गरेको उनले सुनाए । ‘कालो सिसा लगाइएका सवारी साधनभित्र बाहिरबाट केही पनि देखिँदैन’, उनले भने । कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको घटनाक्रमले देखाइसकेको प्रहरीले जनाएको छ ।

कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले भित्र अवैध सामान ओसारपसार, अपहरण, बलात्कार हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने भएकाले कालो सिसा प्रयोगमा कडाइ गर्ने काम भइरहेको बताए । सर्वोच्च अदालतले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । दाङमा कालो सिसा लगाएर कुदाइएका २१ वटा निजी सवारी साधनलाई दाङ ट्राफिकले कारबाही गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!