२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

टिकटक र फेसबुकले बिग्रिए प्रहरीहरु डिउटीको समयमा मोबाइल प्रयोगमा रोक

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । फेसबुक र टिकटकले प्रहरी बिग्रिएको निष्कर्षसहित प्रहरीमा मोबाइल प्रयोगलाई कडाई गरिएको छ । डिउटीको समयमा त मोबाइल प्रयोग गर्ने प्रहरी कारबाहीमा पर्न थालेका छन् ।

प्रहरी मोबाइलमा फेसबुक र टिकटक हेरेर बस्ने त्यही बेला अपराधीहरु भाग्नेसम्मका घटना देखिएपछि यसमा कडाई सुरु भएको हो । गत ८ भदौमा राजधानीमा यस्तै एउटा घटना भयो । नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे ।

फुर्सदको मौकामा सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदा रमाउँदै कैदी कतिखेर निस्किए उनीहरुले चालै पाएनन् ।

 

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई डिउटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डर बाहेक अन्यलाई मोबाइल बोक्न रोक लगाइयो । घटनाको सम्बन्धमा एसपी देवेन्द्र पालको नेतृत्वमा छानबिन समिति बन्यो । समितिले पनि मोबाइल प्रयोगमा कडाई गर्न सिफारिस गरेको छ ।

त्यसो त प्रहरी प्रधान कार्यालयले पनि हालै देशभरी यसबारे परिपत्र गरेको छ । कसैले डिउटीको समयमा मोबाइल प्रयोग गरेमा कारबाही हुने चेतावनी दिइएको छ ।

मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग समाजकै लागि एउटै चुनौती बनेको छ । हरेक क्षेत्रमा यो समस्या छ । त्यसकारण प्रहरीमा पनि नहुने कुरा भएन ।

तर, कानुनको कार्यान्वायन गराउने प्रहरी अधिकारी यस्ता लतमा पर्दा अपराधीलाई फाइदा हुने अवस्था छ । यस्तो समस्या नेपालमा मात्र होइन, अन्य देशका सुरक्षा निकायमा पनि छ । धेरै देशमा डिउटीको समयमा प्रहरीलाई मोबाइल बोक्न रोक लगाउन थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!