२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बालबालिका चोरी अफवाह फैलिएको प्रति दाङ एसपी वीर बहादुर वलीको चासो

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

 

ABC (क्राईमबिट)

दाङ । पछिल्लो समय केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ ।

केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ता भ्रमपूर्ण सूचनामाथि विश्वास नगर्न प्रहरीले अपिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले बताए ।

जिल्लामा अहिलेसम्म कोही कसैबाट बालबालिका चोरी गरिएको वा हराएको भन्ने जस्ता समस्या, गुनासो नआएको बताउनुभयो । उहाँले अनावश्यक भ्रम फैलाउने काम नगर्न नगराउन तथा वास्तविकताको पछाडि लाग्न आम नागरिकमा अपिल गर्नुभएको छ ।

जिल्लाका केही नीजि विद्यालयले यथार्थभन्दा बाहिर गई हतारमा अभिभावकहरुमा त्रास फैलाउने र बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पार्ने जस्ता काम गरिरहेकाले अनावश्यक भ्रम फैलाउने काम नगर्न एसपी वलीले आग्रह गर्नुभएको छ ।

उहाँले बालबालिकाको स्याहार सुसार तथा रेखदेख अनिवार्य शर्त भएकाले उनीहरुको निगरानी गर्नु पर्ने भएपनि बालबालिका चोरी भईरहेको भन्ने भ्रम छर्ने काम गरेर अभिभावकहरुलाई त्रसित नबनाउन सचेत गराउनुभएको छ ।

यसैबीच,नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन दाङले पनि जिल्लामा हालसम्म बालबालिका हराएको भन्ने कुनै प्रकारको गुनासो वा समस्या नआएको स्पष्ट पारेको छ । बालबालिकाको रेखदेख आवश्यक भएपनि केही नीजि विद्यालयले अनावश्यक भ्रम फैलाउने काम गरेको प्रति चासो व्यक्त गर्दै हल्लाका पछि नलाग्न अपिल गरेको प्याब्सन दाङका सचिव आदिम केसीले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]