२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बालेन हर्क आए अब दलले चुनाव जित्न गाह्रो छ :पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् ।

शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै सहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए । ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले सङ्गठनको बलमा चुनाव जिते पनि सहरी क्षेत्रमा चुनाव जित्न कठिन अवस्था आएकोले युवाको मनोभावना अनुसार दलहरू अघि नबढे असफल हुने बताए ।

अध्यक्ष भट्टराईले बितेको ५ वर्षमा राजनीतिक दलहरू पास हुन नसकेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी राजनीतिक दलहरूले कति पुरा गर्न सके समीक्षा गर्ने बेला भएको बताए । उनले भने,‘हामीलाई जनताले कसरी हेरिरहेका छन्, हामीले त्यसमा विचार गर्न आवश्यक छ । राजनीतिक विकृतिहरूका समाचारमा आफैलाई हेर्न जरुरी छ । यही संसदबाट निर्वाचित भएको सरकारले यही संसद्लाई दुई पटक विघटन गर्न पुग्यो । धन्न हामीले जोगाउन सफल भयौँ ।’

उनले सङ्क्रमणकालीन न्यायको विषय कुनै दल समूह विशेषको नभई देशको शान्ति प्रक्रियासँग जोडिएको उल्लेख गर्दै सो बारेको विधेयक पास हुन नदिई राजनीतिकरण गरिएको उल्लेख गरे ।

सङ्क्रमणकालीन न्यायका लागि हजारौँ पीडित जनता प्रतिक्षमा रहेको बताउँदै उनीहरूले न्याय पाउनु पर्दैन भन्दै प्रश्न गरे । उनले यो विषय विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्याको रूपमा रहेको बताए ।

यस्तै डा. भट्टराईले नागरिकता विधेयकमा राजनीतिकरण गर्दै लम्ब्याएकोमा दुःख व्यक्त गरे । उनले नागरिकताको विषयमा दलीय आधारमा लम्बिनु नहुने धारणा उल्लेख गर्दै नागरिकता विधेयकमा कुनै बहाना नगरी छिटो पास गर्नुपर्नेमा कमजोरी भएको बताए ।

उनले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेँ भनेर राष्ट्रवादी बनेर तिघ्रा पिट्ने तर त्यो प्राप्तिका लागि कुनै काम नभएको उल्लेख गरे । उनले संविधान जारी हुने बेला यो संविधान आधा गिलास भरी र आधा खाली भनेको विषयलाई स्मरण गर्दै संविधानमा पूरा नभएका विषयलाई पूर्णता दिन अझै काम गर्न जरुरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]