२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आत्महत्या रोकथाम गर्न सचेतना मुलक दाङ प्रहरीको विचार आदानप्रदान कार्यक्रम सप्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन ०२, २०७९

ABC (क्राईमबिट)

दाङ । आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा आयोजित आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक र्यालीसहित विचार आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित लुम्बिनी प्रदेशको आत्महत्या सम्बन्धि जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त आयोजनामा आज घोराहीमा आयोजित आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भुमिका विषय बारे जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीेले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा करिव ४ हजारले आत्महत्या गरेका बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ८२ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दाङमा आर्थिक वर्ष २०७६–०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसअनुसार, आर्थिक वर्ष २०७६–०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७–०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८–०७९ मा २ सय १४ जना तथा चालू आर्थिक वर्ष २०७९–०८० को हालसम्म ३६ जना गरि जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उहाँले बताउनुभयो । खास कारण पहिचान गरि समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उहाँको भनाई छ । प्रहरी अध्ययनका अनुसार, १३ प्रतिशत भन्दामाथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला छन्। उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मात्रामा मानिसको संलग्नता बढी आत्महत्या माध्यम अनुसार फरक-फरक हुने गरेको छ ।

मानसिक,यौनिक, शारीरिक यातना, सामाजिक, आर्थिक, वातावरणीय कारणले पनि आत्म हत्या गर्ने गरेका प्रहरीको भनाई छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक संघसंस्था लगायतको सहभागीता रहेको थियो । कार्यक्रम गर्नुअघि आत्महत्या न्युनीकरण सम्बन्धि सचेतनामुलक र्याली निकालिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]