२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सिसा नेपालको आयोजनामा संविधान दिवसको उप्लक्ष्यमा शुभकामना आदान प्रदान

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९


(ABC-Sanchar)
दाङ । सिसा नेपालको आयोजनामा सातौ संविधान दिवसको उप्लक्ष्यमा शुभकामना आदान प्रदान तथा अन्र्तकृया कार्यक्रम आज घोराहिमा सम्पन्न भएको छ ।

सिसा नेपाल दाङका अध्यक्ष साजिका सिद्दिका एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा भएका व्यवस्था व्यवहारीक रुपमै कार्यान्वयन आउन नसकेको वताएका छन ।

सहभागी वक्ताहरुले संविधानले व्यवस्था गरेको तीनतहको सरकार र यसले प्रत्योजन गरेका हक अधिकारहरु कार्यान्वयनमा अझै आउन नसक्दा आम नागरिकरले लोकतन्त्रको पुर्ण प्रत्याभुत गर्न नसकेको वताएका छन। संविधानमा भएका व्यवस्था दलहरुको स्वार्थका कारण पनि आम नागरिकले पाउन नसकेको वताउदै संविधान कार्यान्वयनमा सवै लाग्नुपर्नेमा सहभागीको जोड थियो।

वक्ताहरुले संविधानले शिक्षा,स्वास्थ्य,रोजगार र अभिव्यक्ती स्वतन्त्रता मौलीक हककै रुपमा राखेपनि मौलीक हक समेत कार्यान्वयनमा आउन नसक्नु दुखद भएको वताएका छन । अझै पनि भनसुन र पहुँचका आधारमा काम हुने गरेको वताएका छन । कार्यक्रममा नेपाल पत्रकार महासघंका उपाध्यक्षद्धय वसुन्धरा गौतम,सन्तोस सुवेदी,प्रेस चौतारीका केन्द्रीय सदस्य टिका वस्नेत,प्रेस संगठनका जिल्ला अध्यक्ष पान्डव प्रसाद शर्मा,मानवअधिकार कर्मी विनोद केसी, स्वास्थ्यकर्मि राधा पौडेल,लगायतले बोल्नु भएको थियो । कार्यक्रममा सीसा नेपालका सदस्य पार्वता कुँवरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको सहजीकरण दिपक वलीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]