२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीमा एआईजीको एक दरबन्दी थपिएसँगै आईजिपीकोलागि नयाँ चलखेल

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

 

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीमा एआइजीको एक दरबन्दी थपिएसँगै भावी आइजिपीको चलखेल सुरु भएको छ । यसअघि एआइजी नारायणदत्त पौडेललाई भावी आइजिपीको एक्ला दाबेदारका रुपमा हेरिएकोमा अब उनका प्रतिस्पर्धी थपिने भएका छन् ।

सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेर बढुवाको तयारी गरिरहेको छ । सिनियर डिआइजी बंशी दाहाल एआइजीमा बढुवा हुने लगभग निश्चित छ । उनकै लागि सो पद थपिएको थियो ।

एआइजीको एक पद थपिनुमै ठूलै रणनीति रहेको बताइन्छ । दाहाल एआइजी भएमा अब साढे तीन वर्षपछि उनी पनि आइजिपीको प्रतिस्पर्धामा हुनेछन् । हाल सशस्त्रमा दुई एआइजी छन्, नारायणदत्त पौडेल र चन्द्रप्रसाद गौतम । उनीहरूमध्ये गौतमले डेढ वर्षपछि अवकाश पाउनेछन् । त्यो अवस्थामा पौडेल एआइजीका एक्ला दोबदार हुने आँकलन गरिएको थियो ।

सोही कारण गत बैशाखमा उनको एकल बढुवा गरिएको थियो । एआइजीकै दरबन्दी नै खाली नहुँदै सूचना प्रकाशन गरेर त्यसरी बढुवा भएको थियो । तर, डिआइजी दाहालले रणनीतिले पौडेलको तनाव बढेको छ । एआइजी पौडेल कांग्रेस नेता पूर्णबहादुर खड्का निकटस्थ मानिन्छन् ।

दाहालले पनि प्रधानमन्त्रीनिकट समूहलाई नै प्रभावमा पारेर दरबन्दी थपेका हुन् । प्रहरी महानिरीक्षक राजु अर्याल सीमा सुरक्षा विभाग र एकेडेमीमा गरी एआइजीको दुई
वटा दरबन्दी थप्नुपर्ने पक्षमा थिए । तर, उनी विदेशमा भएका बेला दाहालकै दौडधुपपछि एउटा मात्र दरबन्दी थपियो । जसकारण भावी आइजिपीको प्रतिस्पर्धा फेरिने भएको छ ।

उता, आठ वटै बाहिनीका प्रमुखको एक वर्षे अवधि पुगेपनि सशस्त्रमा तीन वटा मात्र बाहिनीपति फेरिएका छन् । चार जनाले गृह नेतृत्वलाई प्रभावमा पारेर सरुवा रोक्न सफल भएका छन् भने पशुपति बाहिनीका डिआइजी बंशी दाहाल बढुवाको प्रतिक्षामा छन् । प्रदेश नम्बर १ का कमल गिरी, मधेसका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी र सुदुरपश्चिममा दुर्गा भट्टराईले आफ्नो सरुवा रोक्न सफल भएका हुन् । सामान्यतया एक वर्षमा बाहिनीपतिको सरुवा हुन्छ । तर, कमाउने र बुझाउने डिआइजीहरू भने दुई वर्षसम्म बस्ने गरेका छन् ।

त्यस्तै, सशस्त्र प्रहरीमा चार डिआइजीको दरबन्दी रिक्त हुने भएपछि त्यसमा पनि बढुवाको दौडधुप सुरु भएको छ । तीन दरबन्दी पहिलेदेखि नै रिक्त छ । एक जना एआइजी हुनेभएपछि चार खाली हुनेछ ।

जसमा सि.स १ र सि.स २ का एसएसपीबीच प्रतिस्पर्धा छ । नियमअनुसार सि.स १ का एसएसपी बढुवा हुनुपर्ने भएपनि सि.स २ का विवादास्पद एसएसपी दीपेन्द्र कुँवरको चलखेलले डिआइजी बढुवा रोकिँदै आएको छ । कार्यक्षमतामा कमजोर कँुवर ब्याच नै टपेर बढुवा हुने दाउमा छन् । हाल सशस्त्रको खरिद शाखामा रहेका उनले त्यहाँ पनि बालुवाटारको आडमा कमाउ धन्दा चलाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]