२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

संविधान दिवसको अवसरमा नेपालगन्ज कारागारबाट १७ जना कैदीले पाए छुट

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९


ABC (क्राईमबिट)
बाँके । संविधान दिवसको अवसरमा नेपालगन्ज कारागारका १७ जना कैदीले बाँकी सजाय छुट पाएका छन् । उनीहरु सोमबार संविधान दिवसको अवसरमा रिहा भएको नेपालगन्ज कारागार प्रशासनले जनाएको छ । दिवसको अवसरमा बाँकी कैद सजाय छुट पाउनेहरुमा सबैजना पुरुषहरु रहेको नेपालगन्ज कारागारका प्रमुख अर्जुनबम शाहले जानकारी दिए ।

‘नेपालगन्ज कारागारमा महिला कैदी हुनुहुन्न’ उनले भने, ‘दिवसको अवसरमा बाँकी कैद छुट पाउनेमा सबैजना पुरुष कैदी हुनुहुन्छ ।’ नेपालगन्ज कारागारले १८ जनाको नाम सिफारिस गरेपनि १७ जनाले मात्र दिवसको अवसरमा बाँकी कैद छुट पाएका हुन् । बाँकी कैद छुट पाएर रिहा हुनेहरुमा सवारी ज्यान मुद्दाका ६ जना, डाँका चोरी मुद्दाका ४ जना, ज्यान मार्ने उद्योग मुद्दाका ३ जना, बहुविवाह र कर्तव्य ज्यान मुद्दाका २/२ जना गरेर १७ जना रहेको शाहले बताए ।

उनीहरुलाई कारागारका कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरुले टीका लगाइदिएर बिदाइ गरेका थिए । नेपालगन्ज कारागारमा अब सोमबारसम्म ७ सय ९० जना कैदी र थुनुवाहरु रहेको बताइएको छ । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् । संविधान दिवसको अवसर पारेर कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]