२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अख्तियारमा १ वर्षमा १६ हजारभन्दा बढी उजुरी र अकुत सम्पत्ति ७ वटा मुद्दा दर्ता

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा अनुसन्धान गरेको छ । स्थानीय निकाय र सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । कुल उजुरीमध्ये ३३ प्रतिशतभन्दा बढी उजुरी संघीय मामिला र स्थानीय निकायसँग सम्बन्धित छन् । शिक्षा मन्त्रालय मातहतमा हुने भ्रष्टाचारका उजुरी १५ प्रतिशतभन्दा बढी आएको छ ।

 

प्रदेश स्तरमा मधेस प्रदेशबाट सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेको छ । कुल उजुरीमध्ये मधेस प्रदेशबाट २४ दशमलव २५ प्रतिशत उजुरी आएको प्रवक्ता भण्डारीले जानकारी दिए । बागमती प्रदेशबाट २४ दशमलव १३ प्रतिशत भ्रष्टाचारको उजुरी आएको छ । गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८२३ वटा उजुरीबारे विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको थियो । विस्तृत अनुसन्धान पुरा भएपछि मात्रै विशेष अदालतमा मुद्दा दायर गरिने आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए । गत आर्थिक वर्षमा आयोगले विस्तृत अनुसन्धान सकेर १३१ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । ६३७ उजुरीलाई प्रारम्भिक अनुसन्धान गरेर तामेलीमा राखिएको छ । तामेलीमा राखिएको उजुरीबारे थप प्रमाण भेटिए आयोगले पुनः अनुसन्धान गर्नसक्ने कानुनी व्यवस्था छ ।

गत आर्थिक वर्षमा दायर गरेका मुद्दामध्ये आयोगले अकुत सम्पत्ति आर्जन गरेको कसुरमा ७ वटा मुद्दा दायर गरेको छ । सात वटा मुद्दामा १९ जनालाई प्रतिवादी कायम गरिएको प्रवक्ता भण्डारीले बताए । यसैबीच, आयोगले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रमुख आयुक्त प्रेम कुमार राईले शीतल निवासमा आयोजित समारोहमा ३२ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!