२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको घोराही बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९

ABC (क्राईमबिट)

दाङ । हिन्दुहरूकाे महान् पर्व बिजयादशमी, दिपावली र छठ पर्वलाई लक्षित गरि घाेराहीकाे बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएकाे छ ।

दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नयाँबसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही दाङ, अस्थाई प्रहरी पोष्ट बसपार्क र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि.को समन्वयमा नेपालीहरुको महान चाड बडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा बसपार्कमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।

चाडपर्वकाे समयमा मानिसहरुको आवागमन बढ्ने, सवारी साधनमा यात्रुहरुको चाप बढ्दै जाने, महिला, जेष्ठ नागरिक, आरक्षण सिटलाई ब्यवस्थित रुपमा संचालन गर्न, यात्रुबाट यातायात ब्यवसायिले तोकिए भन्दा बढी भाडा लिने, सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, चालक र सहचालकबाट यात्रुहरुलाई अभद्र ब्यवहार हुने, सवारी साधनको अस्वभाविक प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना समेत बढ्न सक्ने कुरालाई बिशेष ध्यान दिई चाड पर्वको समयमा यात्रुहरुलाई आवश्यक सहयोग एवं सहजता पुर्‍याउनकालागी यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।

कक्षकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी विर बहादुर वलीले उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, यातायात ब्यबसायी, चालक-सहचालक, टोल बिकास संस्थाका पदाधिकारी, स्थानिय नागरिक लगाएतको सहभगितामा रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]