२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै : स्वास्थकर्मी

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ ।

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा. केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गर्नुभएका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!