२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जनकपुरमा पुर्व प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइयाे

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

(ABC-Sanchar)
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थीले कालो झन्डा देखाएका छन् ।

संसदको दुवै सदनबाट दुई दुईपटक पारित गरेको नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि त्यसमा एमालेले समर्थन रहेको भन्दै ओलीलाई कालो झन्डा देखाएका हुन् । जसपाले राष्ट्रपतिविरुद्ध मधेसमा चरमबद्ध आन्दोलन घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेका प्रवेश गराउन जनकपुर आइपुगेका हुन् । धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

ओली तिनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि कडा सुरक्षाका बीच रेल यात्रा गरेका छन् । जनकपुरधामस्थित रेल्वे प्लेटफर्ममा चढेर महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]