२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

२ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजीको नाममा मासिक एक करोड असुली सुरु ?

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । तराईको मुखमा तराईका जिल्लाहरूमा संस्थागतरूपमा प्रहरीले पैसा असुली थालेको छ । मधेस प्रेदशका डिआइजी मसाउद आलम खाँको नाममा मात्र घुमुवाले महिनामै एक करोड रुपैयाँसम्म असुल्ने गरेको तथ्य भेटिएको छ ।

प्रहरी प्रधान कार्यालयमा परेको एक उजुरीमा बारा जिल्लामा मात्र डिआइजी र एसपीको नाममा मासिक ४३ लाख ५० हजार रुपैयाँ उठाउने गरिएको उल्लेख छ । पथलैयाका असइ मनोज यादव र अमलेखगञ्जका असइले यसरी जुवादेखि तस्करीसम्मका कामबाट पैसा उठाउने गरेका हुन् । प्रमाणसहित परेको उजुरीमा छानबिन भए तराईका धेरै घुमुवाको जागिर जाने निश्चित छ ।

पथलैया र अमलेखगञ्जमा हुने जुवाबाट मात्र मासिक चार लाख ५० हजार रुपैयाँ उठाउने उजुरीमा उल्लेख छ । कवाडबाट मासिक तीन लाख ५० हजार र चेकजाँचबाट दैनिक १० हजार घुस उठ्ने गरेको छ
त्यस्तै तराईमा वर्षौँदेखि सेटिङ मिलाउँदै आएका घुुमवा वरिष्ठ सइ सागरशम्शेर जबरासँग मिलेर तस्करी चलाउने बालकृष्ण थापाले मासिक एक लाख दिने गरेका छन् । वीरगञ्ज ट्रान्सपोर्टका रज्निस गुप्तासँग एक लाख ५० हजार, गढीमाई ट्रान्सपोर्टका मदन गुप्ता, मदन यादव, रामेश्वर तिवारीसँग दुई लाख ५० हजार लिने गरेका छन् । उनीहरुले कपडा, हार्डवेयर र खाद्यान्न तस्करी गर्दै आएका छन् ।

पशुपति ट्रान्सपोर्टका राजेन्द्र गुप्ता रौनियार, विनोद रोडवेजका विनोद अग्रवाल, वीरगञ्ज नगवाका उमेशलाल तेली, कमल पटेलले मासिक दुई लाखभन्दा धेरै प्रहरीलाई बुझाउने गर्दछन् ।

त्यस्तै, डम्बर थापा, सजन अग्रवाल, धिरज गुप्ता, पाथिभरा ट्रान्सपोर्टका राजेन्द्र गुप्ता, जयबुद्ध ट्रान्सपोर्टका प्रकाश साह, गुडु साह, झापाका दीपक जैन र बिके सुवेदी, रौतहटका सुनिल जैसवाल, रामचन्द्र अग्रवाल, सर्लाहीका अन्तोष दास, जनकपुरका दिनेश चौधरी, सप्तरीका राजन गुप्ताले पनि घुमुवाहरुसँग मिलेर तस्करीको लाइन चलाएका छन् । एक दिनको उनीहरुको कल रेकर्ड हे¥यो भने सबै कुरा पुष्टि हुने बाराका एक प्रहरी अधिकारी बताउँछन् । ‘डिआइजी र एसपीको संरक्षणबिना यस्तो धन्दा सम्भव नै छैन’, ती प्रहरी भन्छन्, ‘दसैँको मुखमा अहिले दैनिक लाखौं लेनदेन हुन्छ ।

मधेसका हरेकजसो जिल्लामा यतिबेला घुुमवामार्फत असुली धन्दा चलेको छ । मधेसका डिआइजी खाँले पछिल्लो समय महिनामै घुमुवामार्फत करोड उठाउन थालेका छन् । वीरगञ्ज जिल्लामा त दैनिक नै १० लाखभन्दा धेरै लेनदेन हुने गरेको स्रोत बताउँछ ।

सबैभन्दा धेरै कमाई पर्साका एसपी रमेश बस्नेत र बाराका होबिन्द्र बोगटीको छ । केही प्रहरीहरु आफूहरु प्रहरी प्रधान कार्यालयबाट खटिएको भनेर यस्तो धन्दामा लागेका छन् । सशस्त्र प्रहरीको ध्यान पनि तस्करीकै सामानबाट पैसा असुल्नेमा केन्द्रित छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]