२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रुपन्देहीमा चार्डपर्व लक्षित १२ सय ४८ जना प्रहरीहरु परिचालन हुने

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


ABC (क्राईमबिट)
भैरहवा । प्रहरीले दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।

सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको सुरक्षा रणनिति बनाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लामा थप ५० जना प्रहरी ल्याइने र भएको जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । चाडबाडमा नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ,’ उनले भने ।

सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । अवैध गतिविधि गर्नेहरूलाई अन द स्पट कारबाही गर्नेगरी प्रहरी चौबीसै घन्टा आमनागरिकको सुरक्षामा खट्ने छ । सन्देशमूलक सचेतनाका कार्यक्रम पनि भीडभाड हुने ठाउँ र सीमा क्षेत्र राखिने छ ।
आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य हुनेछ ।

जिल्लामा यात्रुहरु सहजताका लागि सहजीकरण गर्न बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बिहीबारबाट स्थापना भइसकेको छ । ‘बेलहियामा पार्किङलाई व्यवस्थित गरेका छौ, परदेशबाट आ(आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भन्न सदिग्द ठानिएमा सादा पोशाकका प्रहरी पनि तैनाथ गरिएको छ,’ रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले भने ।

बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिन र विभिन्न मठमन्दिर, पूजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने, सीमा क्षेत्रमा हुने लुटपाट, चोरी-डकैतीलगायतका घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी-व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउन कार्यालय प्रमुखसहितको टोली सुरक्षार्थ खटिने अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]