०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रुपन्देहीमा चार्डपर्व लक्षित १२ सय ४८ जना प्रहरीहरु परिचालन हुने

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


ABC (क्राईमबिट)
भैरहवा । प्रहरीले दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।

सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको सुरक्षा रणनिति बनाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लामा थप ५० जना प्रहरी ल्याइने र भएको जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । चाडबाडमा नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ,’ उनले भने ।

सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । अवैध गतिविधि गर्नेहरूलाई अन द स्पट कारबाही गर्नेगरी प्रहरी चौबीसै घन्टा आमनागरिकको सुरक्षामा खट्ने छ । सन्देशमूलक सचेतनाका कार्यक्रम पनि भीडभाड हुने ठाउँ र सीमा क्षेत्र राखिने छ ।
आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य हुनेछ ।

जिल्लामा यात्रुहरु सहजताका लागि सहजीकरण गर्न बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बिहीबारबाट स्थापना भइसकेको छ । ‘बेलहियामा पार्किङलाई व्यवस्थित गरेका छौ, परदेशबाट आ(आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भन्न सदिग्द ठानिएमा सादा पोशाकका प्रहरी पनि तैनाथ गरिएको छ,’ रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले भने ।

बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिन र विभिन्न मठमन्दिर, पूजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने, सीमा क्षेत्रमा हुने लुटपाट, चोरी-डकैतीलगायतका घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी-व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउन कार्यालय प्रमुखसहितको टोली सुरक्षार्थ खटिने अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!