२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

काठमाडौं बसपार्कबाट तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


(ABC-Sanchar)
काठमाडौं । यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँबसपार्कबाट आठ जनालाई पक्राउ गरेको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनालाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ, भने आवश्यक अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!